कांग्रेस कमजोर छैन, कसैको बैसाखी चाहिँदैन : शेखर कोइराला

कांग्रेस कमजोर छैन, कसैको बैसाखी चाहिँदैन : शेखर कोइराला

काठमाडौँ : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेस कमजोर नभएको दाबी गरेका छन्। नेपाल विद्यार्थी संघको स्थापना दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा नेता कोइरालाले कमजोर नभएका कारण कांग्रेसलाई कसैको बैशाखी जरुरी नभएको बताए। 

उनले जितका लागि कम्युनिस्ट साहरा नचाहिने तर्क गरे।  कांग्रेस एक्लै गन्तव्यमा पुग्न सक्ने उनको भनाइ थियो। ‘नेपाली कांग्रेस कमजोर छैन। एक्लै लडे पनि हामी हाम्रो गन्तव्यमा पुग्नसक्छौं भन्ने आत्मविश्वास छ। कांग्रेसलाई कसैको बैशाखी चाहिएको छैन’, कोइरालाले भने।

उनले पार्टीको निर्णय बिरुद्ध गठबन्धन भएको बताए। केन्द्रीय समितिको निर्णय विपरीत गठबन्धनको नाममा तालमेलको निर्णय भएको भन्दै उनले निर्वाचनपछि सबैकुराको लेखाजोखा गर्ने बताए। तर अहिले कांग्रेसका उम्मेदवारलाई जिताउन लाग्नु पर्ने उनको भनाइ थियो । 

उनले भने, सुशील कोइरालाको पालामा हामी एक्लै चुनावमा गयौं। आज हामी के कारणले तालमेल गर्दै छौँ, के हामी कमजोर छौं? के कारणले कम्युनिस्टसँग मिलेर स्थानीय निर्वाचनमा गइरहेका छौँ? ३६ लाख नयाँ मतदाता छन्। ती  मध्य २० लाख मतदातालाई कांग्रेस बनाउन सकेनौँ भने कांग्रेस कमजोर हुन्छ।    

वैशाख ७, २०७९ बुधबार २१:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।