कम्युनिस्टको भर छैन, कांग्रेसले आफ्नै तागतमा चुनाव लड्नुपर्छ: महामन्त्री थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालका कम्युनिष्ट पार्टीको भर नहुने बताएका छन्। नेविसंघको ५३औँ स्थापना दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कम्युनिस्टहरु जुनसुकै बेलामा रङ बदल्न सक्ने टिप्पणी गरेका हुन्।
उनले भने, ‘नेपालका कम्युनिष्ट पार्टीको भर छैन, यी पार्टीहरु फरक ठाउँमा रहेको पनि देखियो, रातारात एक भएको पनि देखियो, कुनै पनि बेलामा रङ बदल्न सक्छन् भर छैन्। त्यसैले कांग्रेस आफ्नो तागतले चुनाव लड्ने गरी लाग्नुपर्छ।’
उनले एक्लै चुनावमा जाने हिम्मत नगरेर कम्युनिस्टसँग डराएको बताए। उनले भने, ३० लाख नयाँ मतदाता र अरु पार्टीका मतदाता तानौं पार्टी बलियो बनाऔं, अनि कहिले पनि कांग्रेस डराउनु पर्दैन्।
उनले भोलिसम्म घोषणापत्रको काम सकेर वैशाख ११ गते गते घोषणापत्र सार्वजनिक गर्ने पनि सो अवसरमा जानकारी दिए।
वैशाख ७, २०७९ बुधबार १८:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।