सत्ता गठबन्धनमा जुट्यो महानगर र उपमहानगर भागबण्डाको सहमति (सहमति पत्रसहित)

सत्ता गठबन्धनमा जुट्यो महानगर र उपमहानगर भागबण्डाको सहमति (सहमति पत्रसहित)

काठमाडौँ : सत्तारुढ गठबन्धनबीच महानगर र उपमहानगरको भागबण्डामा सहमति जुटेको छ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बुधबार बसेको सत्तारुढ दलको बैठकमा ६ महानगर, ११ उपमहानगरसहित सबै पालिकामा गठबन्धन गर्ने सहमति भएको हो। 

सहमतिअनुसार कांग्रेसले तीन वटा महानगरपालिका र सात वटा उपमहानगरपालिका, माओवादीले एउटा महानगर र दुई वटा उपमहानगरपालिका, एकीकृत समाजवादीले एउटा महानगरपालिका र एउटा उपमहानगरपालिका तथा जसपाले पनि एउटा महानगरपालिका र एउटा उपमहानगरपालिकामा उम्मेदवारी दिनेछन्।

सहमति अनुसार कांग्रेसले काठमाडौँ, ललितपुर र विराटनगर महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने छ। महानगरको उपमेयरमा कांग्रेसले वीरजञ्ज, भरतपुर र पोखरामा उम्मेदवारी दिनेछ। उपमहानगरपालिकातर्फ कांग्रेसले धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढीमा मेयर पदमा उम्मेदवारी दिनेछ। यस्तै जितपुर सिमरा, घोराही र हेटौँडामा उपमेयरमा उम्मेदवारी दिनेछ।

यस्तै माओवादीले भरतपुर मेयरमा उम्मेदवारी दिनेछ। महानगरको उपमेयरमा माओवादीले ललितपुरमा उम्मेदवारी दिनेछ। माओवादी केन्द्रले जितपुर सिमरा र घोराही उपमहानगरपालिमा मेयर पदमा उम्मेदवारी दिनेछ भने धरान र धनगढीमा उपमेयरमा उम्मेदवारी दिनेछ।

एकीकृत समाजवादीले पोखरा महानगरपालिकामा मेयरमा उम्मेदवारी दिनेछ।  महानगरको उपमेयरमा एकीकृत समाजवादीले काठमाडौँमा उम्मेदवारी दिनेछ। एकीकृत समाजवादीले हेटौँडा उपमहानगरपालिकामा मेयर र इटहरी, बुटबल र तुलसीपुरमा उपमेयरमा उम्मेदवारी दिनेछ। 

यस्तै जनता समाजवादी पार्टीले वीरगञ्जको मेयरमा उम्मेदवारी दिनेछ भने विराटनगर महानगरमा उपमेयरमा उम्मेदवारी दिनेछ। जसपाले जनकपुर उपमहानगरपालिकामा मेयर र कलैया र नेपालगञ्जमा उपमेयरमा उम्मेदवारी दिने सहमति भएको छ। 

वैशाख ७, २०७९ बुधबार १७:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।