गठबन्धनको बैठक अघि दलहरू आन्तरिक छलफलमा

गठबन्धनको बैठक अघि दलहरू आन्तरिक छलफलमा

काठमाडौँ । बालुवाटारमा जारी सत्तारुढ गठबन्धनको बैठकमा स्थानीय तहको भागबण्डाबारे सहमति जुटाउन दलहरूले आन्तरिक छलफल पनि सुरु गरेका छन्। 

छुट्टा–छुट्टै छलफल पछि सबै दलको संयुक्त छलफल सुरु हुने बैठकमा सहभागी कांग्रेसका एक नेताले जानकारी दिए। 

अहिले सबै दलका नेताहरू आ–आफ्नो प्रस्ताव तयार पार्न छुट्टा–छुट्टै आन्तरिक छलफलमा जुट्नुभएको छ। आन्तरिक छलफल सकिएपछि संयुक्त छलफल सुरु हुन्छ, ती नेताले भने, स्थानीय तहमा कुन पार्टीको उम्मेदवार कहाँ कुन पदमा उठ्ने भन्ने विषयमा आज नै सहमति हुन्छ।

वैशाख ७, २०७९ बुधबार १५:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।