कांग्रेसको आत्मा बचाउन धामीझाक्री होइन नेविसंघ खोज्नुपर्छ : उपसभापति गुरुङ

काठमाडौँ : नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ)को भूमिका महत्त्वपूर्ण हुने बताएका छन्। नेविसंघको ५३ औँ स्थापना दिवसको अवसरमा 'स्थानीय निर्वाचन नेविसंघको भूमिका पार्टीको दायित्व' विचार गोष्ठीमा बोल्दै उपसभापति गुरुङले नेविसंघलाई अँध्यारो सुरुङमा राखेर कांग्रेसको भविष्य उज्यालो नहुने बताए।
उनले आज कस्तो कांग्रेस भइरहेको छ आफूले आफैलाई प्रश्न गर्नुपर्ने अवस्था आएको बताए। उनले भने, 'आज म कस्तो कांग्रेस भइरहेको छु म आफैलाई प्रश्न गरिरहेको छु। आफैलाई घरभित्र थुनेर खेताला खोज्न हिडेको कांग्रेस देखिरहेको छु। जवान छोरा–छोरी बुहारीलाई घरमै हुलेर खेताला खोजेर कस्तो बाली हुर्काउँदै छौँरु कांग्रेसको आत्मा बचाउन धामीझाक्री होइन नेविसंघ खोज्नुपर्छ।'
उनले राम्रो घोषणापत्र बनाएर ५१ प्रतिशतको कांग्रेस बनाउने अभियानमा लाग्नुपर्ने बताए। उनले भने, '७ प्रतिशत रहेका कम्युनिस्ट ६० प्रतिशत पुगिसके तर कांग्रेस ३५ देखि ३७ प्रतिशत मै सीमित छ। उनले आफ्नो समूहको नेता शेखर कोइराला भएको बताएका छन्।'
वैशाख ७, २०७९ बुधबार १५:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।