सरकारविरोधी आन्दोलनमा एक जनाको मृत्यु भएपछि श्रीलङ्कामा कर्फ्यु आदेश जारी

सरकारविरोधी आन्दोलनमा एक जनाको मृत्यु भएपछि श्रीलङ्कामा कर्फ्यु आदेश जारी

एजेन्सीः श्रीलङ्काको रामबुक्कानामा बुधबार कर्फ्यु लगाइएको छ। सरकारविरोधी आन्दोलनका क्रममा मङ्गलबार एक व्यक्तिको मृत्यु भएपछि भोलिपल्टै कर्फ्यु लगाइएको हो।

आन्दोलन थप चर्किने देखिएकाले सरकारले शान्ति सुरक्षा कायम गर्न भन्दै कर्फ्यु लगाउनु परेको जनाएको छ। घटनाका बारेमा निषपक्ष छानबिन गरी सत्य पत्ता लगाइ दोषीलाई कारबाही गरिने सरकारी अधिकारीहरूले प्रतिबद्धता जनाएका छन्।

श्रीलङ्कामा यतिबेला आर्थिक सङ्कट गहिरिँदै गएपछि भएको अभाव र मूल्यवृद्धिका कारण केही समययता निरन्तर आन्दोलन हुँदै आएको छ। आन्दोलनकारीहरूले राष्ट्रपति गोटावाय राजापाक्षले पदबाट राजीनामा दिनुपर्ने माग राखेका छन्।

आर्थिक सङ्कटले यतिबेला श्रीलङ्कामा राजनीतिक सङ्कट समेत उत्पन्न गराएको छ। एकसाथ क्याबिनेटका मन्त्रीहरूले राजीनामा दिनुका साथै कोलम्बोदेखि ९५ किलोमिटर टाढा पर्ने रामबुक्कानामा भएको आन्दोलनकारी र सरकारी सुरक्षाकर्मीहरूको झडपमा २९ जना घाइते भएका छन्।

वैशाख ७, २०७९ बुधबार १३:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।