धुर्कोट गाउँपालिकाको अध्यक्षमा कांग्रेसबाट भण्डारी सर्वसम्मत उम्मेदवार चयन

धुर्कोट गाउँपालिकाको अध्यक्षमा कांग्रेसबाट भण्डारी सर्वसम्मत उम्मेदवार चयन

बुटवलः नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय उपाध्यक्ष महेन्द्रप्रसाद भण्डारी नेपाली कांग्रेसको तर्फबाट गुल्मीको धुर्कोट गाउँपालिकाको अध्यक्षमा सर्वसम्मत उम्मेदवारको रूपमा चयन भएका छन्। हिजो बसेको गाउँपालिकाको बैठकले भण्डारीलाई सर्वसम्मत चयन गरेको पालिका सभापति हरिबहादुर थापाले जानकारी दिए।

भण्डारी कांग्रेसभित्र मात्र नभई बाहिर पनि लोकप्रिय छवि बनाएका नेता हुन्।

२०७४ को स्थानीय निर्वाचनमा कांग्रेस-माओवादीको गठबन्धनबाट माओवादीका भूपाल पोखरेल अध्यक्षमा र कांग्रेसका शिव केसी उपाध्यक्षमा निर्वाचित भएका थिए।

वैशाख ७, २०७९ बुधबार ११:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।