चट्याङ लागेर मकवानपुरमा वृद्धको मृत्यु, वृद्धा घाइते

मकवानपुरः राक्सिराङ गाउँपालिका–८ मा चट्याङ लागेर एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा ६५ वर्षीय जीतबहादुर गोले रहेका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार गए राति वर्षासँगै आएको चट्याङ लागेर गोले गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि हेटौंडा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो।
यस्तै चट्याङ लागेरै अर्का एक जना घाइते भएका छन्। घाइते हुनेमा इन्द्रसरोवर गाउँपालिका–२ की ६२ वर्षीया ठूलीमाया रुम्बा रहेकी छिन्।
उनको ललितपुरको पाटन अस्पतालमा उपचार भइरहेको कार्कीले जानकारी दिए।
वैशाख ७, २०७९ बुधबार ०९:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।