मोटरसाइकलको चक्कामा सल बेरिँदा २१ वर्षकी रेश्माको मृत्यु

मोरङः ग्रामथान गाउँपालिका- ७ बजरंगबलीमा हिजो बेलुकी मोटरसाइकलको चक्कामा आफैँले लगाएको सल बेरिँदा लडेर एक युवतीको मृत्यु भएको छ। मृत्यु हुनेमा सुनसरीको इटहरी उपमहानगरपालिका- ८ की २१ वर्षीया रेश्मा नेपाली रहेकी छिन्।
गम्भीर घाइते भएकी उनको उपचारका क्रममा विराटनगरस्थित विराट नर्सिङ होममा मृत्यु भएको हो। हिजो बेलुकी पौने ७ बजे को३८प २२०३ नम्बरको मोटरसाइकलको पछाडि सवार उनले लगाएको लेहेङगाको सल मोटरसाइकलको चक्कामा बेरिएको थियो। त्यसपछि उनी मोटरसाइकलबाट लडेकी थिइन्।
हाल मोटरसाइकलसहित चालकलाई ईलाका प्रहरी कार्यालय हरैचाले नियन्त्रणमा लिएको छ।
वैशाख ७, २०७९ बुधबार ०९:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।