कस्तो हुनेछ आजको मौसम ?

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले आज पहाडी भूभागमा सामान्य बदली बाहेक अन्य भूभागमा मौसम सफा रहने जनाएको छ। हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ।
यतिबेला प्रदेश १ र मधेश प्रदेशमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ। देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ। साथै प्रदेश १ का एक वा दुई स्थानमा हल्का वर्षाको अवस्था छ।
आज दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ।
आज राति प्रदेश १, मधेश प्रदेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानहरूमा चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ।
वैशाख ७, २०७९ बुधबार ०७:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।