पत्रकारले मातृभूमिलाई बर्बाद पारेको भन्दै अफगान टिभीका प्रस्तोतामाथि तालिवानले गरे कुटपिट

पत्रकारले मातृभूमिलाई बर्बाद पारेको भन्दै अफगान टिभीका प्रस्तोतामाथि तालिवानले गरे कुटपिट

काबुल : अफगानिस्तानमा मिडिया स्वतन्त्रताको बढ्दो चिन्ताबीच अर्का अफगानी पत्रकारले आफूलाई काबुलमा पक्राउ गरी दुर्व्यवहार गरेको बताएका छन्। टोलो न्युजका अनुसार अफगानिस्तानको एक टिभीमा समसामयिक बिषयमा कार्यक्रमका प्रस्तुत गर्दै आएका मोहिबुल्लाह जलिलीले उनलाई थुनामा राख्नुको कारण स्पष्ट नभएको र आफूलाई तालिवानले सजायँसमेत दिएको बताए। 

शुक्रबार राति सदरमुकामस्थित सुरक्षा जाँच चौकीमा सशस्त्र सुरक्षाकर्मीले गाडी रोकेर नियन्त्रणमा लिई हिरासत राखेको बताए। उनले भने, “मैले थुनुवा हुनुको कारण सोध्दा उनीहरूले तिमी पत्रकार हौ र तिमीले नै मातृभूमिलाई बर्बाद पारेका छौ भन्दै दुर्व्यवहार गरियो । जलिलीले भने, “मैले प्रतिवाद गर्दै तपाईहरू कुन देशको लागि काम गर्नुहुन्छ भन्दा म माथि दुर्व्यवहार गरियो।” 

पत्रकारहरूप्रति यस्तो व्यवहार गर्नु एकदमै क्रुर र अमानवीय बिषय हो। मेरो काका सेनामा हुनुहुन्नथ्यो र कसैसित पनि व्यक्तिगत शत्रुता थिएन पत्रकारका एक जना नातेदार शाफिकले बताए।

दुर्व्यवहारको रिपोर्टको जवाफमा काबुल प्रहरीले यस मामिलामा अनुसन्धान सुरु गरेको बताएको छ। काबुल प्रहरीका प्रवक्ता खालिद जाद्रानले भने, “पीडी–१५ मा सशस्त्र व्यक्तिहरूले उनलाई पिटेका बुझिएको छ। हामीले जलिलसँग भेटेर अनुसन्धान गर्न प्रहरीको एक समूहलाई खटाइसकेका छौँ। 

तालिवानले सरकारको विपक्षमा लेख्ने पत्रकारहरूलाई लगातार दुर्व्यवहार गर्ने गरेको र अफगानिस्तानका सञ्चार माध्यमले लगातार प्रतिबन्धको सामना गर्नुपरेको उनले बताए। 

गत सात महिनामा अफगान पत्रकार तथा सञ्चारकर्मीमाथि भएका झन्डै १४० वटा उत्पीडनका घटना रेकर्ड भएका संस्थाहरूको तथ्याङ्कलाई उद्धृत गर्दै टोलो समाचारमा उल्लेख गरिएको छ। 

वैशाख ६, २०७९ मंगलबार २१:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।