जनप्रतिनिधि पुन उम्मेदवार बन्न राजीनामा अनिवार्य

जनप्रतिनिधि पुन उम्मेदवार बन्न राजीनामा अनिवार्य

काठमाडौँ : सर्वोच्च अदालतले रिट खारेज गरेपछि हालका जनप्रतिनिधिले उम्मेदवारी दिनुअघि पदबाट राजीनामा दिनुपर्ने भएको छ।

सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्चमा हालेको रिट खारेज गरेसँगै आयोगको निर्णय कार्यान्वयनको बाटो खुलेको हो।

मङ्गलवार न्यायाधीश तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले स्थानीय तहको चुनावमा उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने निर्वाचन आयोगको निर्णय सदर गर्यो।

निर्वाचन आयोगले सरकारी कोषबाट पारिश्रमिक तथा आर्थिक सुविधा पाउने व्यक्तिले लाभको पद धारण नगरेको स्वघोषणा गर्दै स्थानीय तहका बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने संहिता जारी गरेको थियो। 

वैशाख ६, २०७९ मंगलबार २०:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।