पोखरा महानगरमा कांग्रेस बाहेक अरूले जित्दैन : सभापति शर्मा

पोखरा महानगरमा कांग्रेस बाहेक अरूले जित्दैन : सभापति शर्मा

काठमाडौँ । नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले पोखरा महानगरपालिकामा कांग्रेस बाहेकका अरु दलले निर्वाचन नजित्ने बताएका छन्। आज (मंगलबार) प्रधानमन्त्री  निवास बालुवाटारमा संचारर्कीसँग कुरा गर्दै सभापति शर्माले गठबन्धनका दलहरू मध्य कांग्रेसले मात्र पोखरा महानगरमा जित्नसक्ने दाबी गरे। 

पोखरा महानगरपालिका गठबन्धनका दल एकीकृत समाजवादी र कांग्रेसबीच विवाद बढेपछि सभापति एवं प्रधानमन्त्री शेरबहादुर  देउवाले कास्कीका नेताहरूलाई काठमाडौँ बोलाएका थिए। उनले प्रधानमन्त्रीसँगको भेटमा पोखरा महानगरको बारेमा जानकारी गराएको बताए । 

उनले भने, 'हामीले तथ्यांक सहित हाम्रो पोजिसन जानकारी गराएका छौँ। गठबन्धन गरे पनि कांग्रेस नभए जित्दैनन् भन्यौ । जवाफमा प्रधानमन्त्री देउवाले मलाई गठबन्धनबाट दबाब छ । नेकपा एसले मागेको छ। के गरौँ भन्नु भयो'। 

'कांग्रेसले नपाए पोखरामा दुर्घटना हुन्छ। मत सहित राखेका छौँ। प्रधानमन्त्री गम्भीर देखिनु भयो । गठबन्धनमा कुरा गर्छु भन्नू भयो । उहाँले दिन्छु दिन्न केही स्पष्ट भन्नुभएन, उनले थपे।'

आजै बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकले पोखरा महानगपालिका एकीकृत समाजवादीलाई दिने निर्णय गरेको छ। 
 

वैशाख ६, २०७९ मंगलबार १८:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।