ललितपुरका मेयरले भने : अरू दलले टिकट लग्ने सम्भावनै छैन, उठ्ने मै हुँ

ललितपुरका मेयरले भने : अरू दलले टिकट लग्ने सम्भावनै छैन, उठ्ने मै हुँ

काठमाडौँ : ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले गठबन्धनबारे केन्द्रले गरेको निर्णय मान्न तयार रहेको बताएका छन्। आज प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका महर्जनले चुनावी तालमेलबारे गठबन्धनले गरेको निर्णय अक्षरस पालना गर्ने बताएका हुन्। 

उनले ललितपुर महानगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसको दाबी रहेको बताए। अघिल्लो निर्वाचनमा पनि कांग्रेसले जितेकाले ललितपुर महानगरको मेयर र उपमेयर कांग्रेसले पाउने उनले दाबी गरे।  

उनले भने, ललितपुरको मेयर र उपमेयरमा हाम्रो दाबी हो, हामीले जितेको १० वडामा पनि हाम्रो दाबी छ, १९  वडामा ५० प्रतिशत हामी राख्छौँ ५० प्रतिशतमा गठबन्धन दिन्छौँ।'

उनले आफू प्रधानमन्त्रीलाई भेटेर टिकट नमागेको बताए । उनले भने, म यहाँ टिकट माग्न आएको हैन। म टिकट पाउँछु फरक छैन। अरू दलले टिकट लग्ने सम्भावना छैन। मैँले अघिल्लो निर्वाचनमा जितेको हुनाले फेरि जित्छु।

वैशाख ६, २०७९ मंगलबार १७:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।