काबुलका दुई विद्यलयमा  विस्फोट, ६ जनाको मृत्यु, केही घाइते

काबुलका दुई विद्यलयमा  विस्फोट, ६ जनाको मृत्यु, केही घाइते

एजेन्सी : अफगानिस्तानको विद्यालयमा आक्रमणकारीहरुले दुई विस्फोटन गराएका छन्। घटनामा परी कम्तीमा ६ जनाको मृत्यु भएको छ। उक्त विस्फोटमा केही घाइते समेत भएको अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन्। 

काबुलको पश्चिमी क्षेत्रमा भएका विस्फोटनका घटना मध्ये पहिलो विस्फोटन मुम्ताज विद्यालयमा भएको हो। त्यसैगरी दोस्रो विस्फोटन भने राजधानी काबुलकै डाश्त ए बार्ची जिल्लामा भएको हो। 

त्यो पछिल्लो विस्फोट पनि विद्यालय नजिकै भएको अन्तराष्ट्रिय संचारमाध्यामले जनाएका छन्। दुवै विस्फोटनका घटनामा परी घाइते भएकाहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको अधिकारीहरुले जनाएका छन्। 

वैशाख ६, २०७९ मंगलबार १४:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।