बुटवल उपमहानगरको मेयरमा कांग्रेसले सिफारिस गर्‍यो पाण्डेलाई, उपमेयरमा ८ जना

बुटवल उपमहानगरको मेयरमा कांग्रेसले सिफारिस गर्‍यो पाण्डेलाई, उपमेयरमा ८ जना

बुटवलः बुटवल उपमहानगरपालिकाको प्रमुख (मेयर)मा नेपाली कांग्रेसको तर्फबाट खेलराज पाण्डेको नाम सर्वसम्मतले सिफारिस भएको छ। सोमबार बसेको बुटवल उपमहानगर समितिको बैठकले नगर प्रमुखमा पाण्डे र उपप्रमुखमा ८ जनाको नाम सिफारिस गरेको कांग्रेस बुटवल उपमहानगर समिति सचिव छाया पोखरेलले बताए। 

उपप्रमुखमा रिजन श्रेष्ठ, सावित्रा टण्डन, जमुना ढकाल, रीता सेन, रीता केसी, गंगा पन्थी, राधा ज्ञवाली र सविता शाक्यको नाम सिफारिस भएको छ। अब नगरले पठाएको नामलाई जिल्ला कार्यालयले अनुमोदन गरेपछि बुटवलको उम्मेदवारहरूको अन्तिम टुंगो लाग्नेछ।

नगर प्रमुखमा सिफारिस गरिएका पाण्डे यसअघिको स्थानीय तह निर्वाचनमा समेत प्रमुख पदमै उम्मेदवार थिए। एमालेका शिवराज सुवेदीले २३ हजार २४९ मत पाउँदा माओवादीसहितको गठबन्धनका उम्मेदवार पाण्डेले २० हजार ८५१ मत पाएर पराजित भएका थिए।

वैशाख ६, २०७९ मंगलबार १३:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।