राप्रपा बुटवलले आयोजना गर्न लागेको आमसभाको तयारी पूरा

बुटवलः राष्ट्रिय प्रजातन्त्र पार्टी बुटवल उपमहानगरपालिका समितिको आयोजनामा वैशाख ८ गते हुने आमसभाको तयारी पूरा भएको छ। मंगलबार बुटवलमा पत्रकार सम्मेलन गर्दै आम सभाको तयारी पूरा भएको लुम्बिनी प्रदेश अध्यक्ष प्रदीपकुमार उदयले बताए।
कार्यक्रममा सम्बोधन गर्दै प्रदेशमा निर्वाचनको विषयमा पार्टीको केन्द्रबाट निर्णय हुने बताउँदै उनले स्थानीय निर्वाचनमा एकल उम्मेदवारी दिने बताए।
यस्तै राप्रपाका सल्लाहकार समितिका केन्द्रीय अध्यक्ष तथा पूर्वमन्त्री निरञ्जन थापाले कांग्रेस, एमालेसँग कुनै अजेण्डा नरहेको भन्दै राप्रपासँग मात्र अल्पकालीन र दीर्घकालीन अजेण्डा रहेको बताए।
कार्यक्रममा केन्द्रीय सदस्य तोयनाथ लम्साल, रुपन्देही जिल्ला प्रवक्ता पुनाराम पोखरेल, नगर अध्यक्ष निरजप्रताप राणाले नयाँ शक्तिको रूपमा राप्रपाको विकल्प नभएको बताएका थिए।
वैशाख ६, २०७९ मंगलबार १२:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।