प्रतितोला चार सय रुपैयाँले घट्यो सुन, चाँदी स्थिर

काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घटेको छ। आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख दुई हजार एक सय कायम भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख एक हजार ६ सय तोकिएको छ।
आज चाँदीको मूल्यमा भने कुनै घटबढ भएको छैन। आज चाँदी प्रतितोला एक हजार चार सय २० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।
वैशाख ६, २०७९ मंगलबार १२:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।