गहुँ खेतमा मोटरसाइकल खस्दा ३० वर्षीय अलीको मृत्यु

गहुँ खेतमा मोटरसाइकल खस्दा ३० वर्षीय अलीको मृत्यु

रौतहटः राजपुर नगरपालिका- ३ अजाद चोकमा गए राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक रौतहटकै गौर नगरपालिका- ८ पुरेन्वा दरबारका अन्दाजी ३० वर्षीय अली महमद रहेका छन्।

उनको उपचारको क्रममा गौरस्थित जिल्ला अस्पतालमा राति पौने १० बजे मृत्यु भएको हो।

मोटरसाइकल अनियन्त्रति भई अन्दाजी २० मिटर तल गँहु खेतमा खसेर दुर्घटना भएको हो। दुर्घटनामा अर्का एक जना भने घाइते भएका छन्। घाइते मोटरसाइकलमा पछाडि सवार १८ वर्षीय धीरेन्द्रप्रसाद साहको सोही अस्पतालमा उपचार भइरहेको छ।

गौरबाट कोप्वातर्फ जादै गरेको भारतीय नम्बरको मोटरसाइकल गए राति सवा ९ बजे दुर्घटना भएको ईलाका प्रहरी कार्यालय राजपुर रौतहटले जनाएको छ।

वैशाख ६, २०७९ मंगलबार ११:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।