सहमहामन्त्री सञ्योजक रहनेगरी कांग्रेस केन्द्रीय कार्यालयमा ‘प्रदेश डेस्क’ स्थापना

सहमहामन्त्री सञ्योजक रहनेगरी कांग्रेस केन्द्रीय कार्यालयमा ‘प्रदेश डेस्क’ स्थापना

काठमाडौंः नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यालयमा ‘प्रदेश डेस्क’ स्थापना गरेको छ। आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको विजयी अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउन प्रदेश डेस्क स्थापना गरिएको हो।

उपसभापति पूणर्बहादुर खड्काको सञ्योजकत्वमा गठित स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठकको निर्णयअनुसार प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले प्रदेश डेस्क स्थापना गरेका हुन्।

सात वटै प्रदेश डेस्कसँग केन्द्रीय कार्यालयका तर्फबाट महामन्त्री विश्वप्रकाश शर्माले समन्वय गर्नेछन्। यस्तै पार्टीका सात सहमहामन्त्रीलाई प्रदेश डेस्कको सञ्योजक तोकिएको छ।

सो अनुसार प्रदेश नं १ मा सहमहामन्त्री जीवन परियार, मधेश प्रदेशमा सहमहामन्त्री भीष्मराज आङ्दम्वे, बागमती प्रदेशमा सहमहामन्त्री फरमूल्लाह मन्सुर, गण्डकी प्रदेशमा सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, लुम्बिनी प्रदेशमा सहमहामन्त्री महेन्द्र यादव, कर्णाली प्रदेशमा सहमहामन्त्री बद्री पाण्डे र सुदूरपश्चिम प्रदेशमा सहमहामन्त्री किशोरसिंह राठौरलाई सञ्योजक तोकिएको छ।

वैशाख ६, २०७९ मंगलबार ०८:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।