एमालेको घोषणापत्रको मस्यौदा पारित

एमालेको घोषणापत्रको मस्यौदा पारित

काठमाडौंः आउँदो स्थानीय तहको निर्वाचनका लागि एमालेले जारी गर्ने घोषणापत्रको मस्यौदा पारित भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सोमबार सम्पन्न बैठकले घोषणापत्रको मस्यौदा पारित गर्ने निर्णय गरेको पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

घोषणापत्र तयारीका लागि पार्टीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्त्वमा समिति गठन गरेको थियो।

एमालेले यही वैशाख ९ गते केन्द्रमा घोषणापत्र र पालिकास्तरमा प्रतिबद्धतापत्र सार्वजनिक गर्ने छ। बैठकले पार्टीमा १२ विभाग थप गर्ने, सल्लाहकार परिषद्लाई विस्तार गरेर २७८ सम्पर्क समवय कमिटीमा ५१ जना थप गर्ने भएको गुरुङले बताए।

बैठकले पार्टी पङ्क्तिलाई निर्वाचनमा केन्द्रित हुन पनि निर्देशन दिएको छ।

वैशाख ६, २०७९ मंगलबार ०७:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।