आज प्रदेश १ सहित देशको पहाडी भूभागमा वर्षाको सम्भावना

आज प्रदेश १ सहित देशको पहाडी भूभागमा वर्षाको सम्भावना

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले आज देशको प्रदेश १ सहित पहाडी भूभागका केही स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ। हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको कारण वर्षाको सम्भावना रहेको हो।

यतिबेला देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ। अन्य भूभागमा मौसम सामान्यतया सफा छ। 

आज दिउँसो प्रदेश १ लगायत देशको पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

आज राति प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, मधेश प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

वैशाख ६, २०७९ मंगलबार ०७:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।