भरतपुर माओवादीलाई, पोखरा महानगरमा काङ्ग्रेस-एसको दाबी

भरतपुर माओवादीलाई, पोखरा महानगरमा काङ्ग्रेस-एसको दाबी

काठमाडौँ : स्थानीय तहमा भागबन्डा मिलाउन बसेको सत्ताधारी दलको बैठकमा पोखरा महानगरपालिकामा २ दलले दाबी गरेपछि सहमति हुन सकेन।

पोखरामा काङ्ग्रेस र एकीकृत समाजवादीको दाबीले सहमति हुन नसेकेको हो। समाजवादीले गत निर्वाचनमा एमालेले जितेकाले आफूले पाउनुपर्ने अडान छाडेन। कांग्रेसले पनि छाड्न मानेन।

जटिल देखिएको भरतपुर महानगरमा कांग्रेसले दाबी छाड्दा सहमति भयो। भरतपुर माओवादीले पाएको छ। काठमाडौँ, विराटनगर र ललितपुर कांग्रेसलाई, जसपालाई विरगन्जमा लगभग सहमति भएको छ।

कांग्रेस नेता तथा सन्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीका अनुसार  उप महानगरको विषयमा सहमति भएको छैन। त्यसका लागि भोलि मङ्गलवार बिहान ११ बजे बैठक बस्ने सहमति भएको छ। पोखराको विषयमा पनि भोलि नै टुङ्गो लाग्ने उनले बताए।

वैशाख ५, २०७९ सोमबार १९:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।