सत्ता गठबन्धनको बैठक चलिरहेको बेला अमेरिकी राजदूत बालुवाटारमा

सत्ता गठबन्धनको बैठक चलिरहेको बेला अमेरिकी राजदूत बालुवाटारमा

काठमाडौँ : बालुवाटारमा गठबन्धन बैठक बसिरहेको बेला नेपालका लागि अमेरिकी राजदूत पुगेका छन्। स्थानीय तहको निर्वाचनमा सरकारमा रहेका पाँच दलबिच महानगर र उपमहानगरपालिका भागबन्डा गर्न दलका नेताहरू छलफलमा छन्।

त्यही बेला अमेरिकी राजदूत र्यान्डि बेरी बालुवाटार प्रवेश गरेका हुन्। सत्ता गठबन्धन दलको बैठक र राजदूतको उपस्थितिको सम्बन्ध भने खुलेको छैन।

वैशाख ५, २०७९ सोमबार १८:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।