सत्ता गठबन्धनको बैठक स्थगित, बेलुकासम्म भागबण्डाको टुंगो लाग्ने

सत्ता गठबन्धनको बैठक स्थगित, बेलुकासम्म भागबण्डाको टुंगो लाग्ने

काठमाडौंः प्रधानमन्त्री निवास बालुवाटारमा जारी सत्ता गठबन्धनको बैठक स्थगित भएको छ। बैठक आजै फेरि बस्ने भएको छ।

देशका विभिन्न महानगर तथा उपमहानगरपालिकामा भागबण्डा मिलाउन आज सत्ता गठबन्धनको बैठक बसेको थियो। माओवादी केन्द्रका अध्यक्ष 'प्रचण्ड'का स्वकीय सचिव रमेश मल्लका अनुसार आज बेलुकासम्ममा भागबण्डाको टुंगो हुनेगरी छलफल हुनेछ।

वैशाख ५, २०७९ सोमबार १३:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।