सुनको मूल्य प्रतितोला पाँच सयले बढ्यो, चाँदीको पाँच रुपैयाँले

काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला पाँच सयले बढेको छ। आज छापावाल सुन तोलामा एक लाख दुई हजार पाँच सय तोकिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार छ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँले बढेर एक हजार चार सय २० पुगेको महासङ्घले जनाएको छ।
हाल सुनचाँदीका आयातमा बैंकहरूले एलसी नखोलेपछि यसको प्रत्यक्ष प्रभाव बजारमा देखिएको छ। यता व्यवसायीहरूले भने विवाहको समय भएकाले सुन तथा चाँदीका माग बढ्ने हुँदा सरकारले वैकल्पिक उपायमा ध्यान दिनपर्ने बताएका छन्।
वैशाख ५, २०७९ सोमबार ११:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।