बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु

काठमाडौंः सत्ता गठबन्धनका पाँच दलका शीर्ष नेताहरूको बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा आसन्न स्थानीय तह निर्वाचनका सन्दर्भमा छलफल हुनेछ।
यसअघि आइतबारको बैठकमा दलहरूले महानगर र उपमहानगरमा आफ्नो दावी प्रस्तुत गरेका थिए। चितवनको भरतपुरमा माओवादी केन्द्रले दावी गर्दा पोखरामा एकीकृत समाजवादीले दावी गरेको थियो।
यस्तै वीरगञ्जमा जनता समाजवादी पार्टीले दावी गरेको थियो।
महानगरपालिकासहित विभिन्न स्थानीय तहमा भागबण्डा मिलाउन आज बैठक बसेको हो।
वैशाख ५, २०७९ सोमबार ११:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।