कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु

कपिलवस्तुः जिल्लाको कपिलवस्तु नगरपालिका- ४ गोपालपुरमा हिजो बेलुकी मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। स्थानीय ६५ वर्षीया बृजमती कुर्मीको मृत्यु भएको हो।
गम्भीर घाइते भएकी उनको उपचारका क्रममा तौलिहवास्थित जिल्ला अस्पतालमा मृत्यु भएको हो। हिजो बेलुकी पौने ८ बजे पैदल हिडिरहेकी कुर्मीलाई लु१३प ८८०९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो।
मोटरसाइकलसहित चालकलाई वडा प्रहरी कार्यालय तौलिहवाले नियन्त्रणमा लिएको छ।
वैशाख ५, २०७९ सोमबार १०:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।