भावी आइजिपी हुने गरी डिआइजी अर्यालको बढुवा सिफारिस

काठमाडौँ : बढुवा सिफारिस समितिले सशस्त्र प्रहरी बलमा रिक्त रहेको एक अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा राजु अर्यालको नाम सिफारिस गरेको छ ।
गृह मन्त्रालय बढुवा समिति सचिवालयको बैठकले डिआइजी अर्याललाई एआईजीमा बढुवाको सिफारिस गरेको हो। अहिले सशस्त्रमा रामशरण पौडेल एआइजी छन्। उनी हालै आइजिपीमा नियुक्त पुष्पराम केसीसँगै अवकाशमा जानेछन्।
केसी २१ दिनका लागि मात्र आइजिपीमा नियुक्त भएका हुन्। उनी वैशाख १८ मा अवकाशमा जाँदा अर्याल एक जना मात्र एआइजी रहने छन्। त्यसैले आगामी नेतृत्वमा उनी एक्ला दाबेदार हुन्।
डिआइजी अर्याल वरिष्ठताका आधारमा पहिलो नम्बरमा थिए। बढुवामा नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम दाबेदार थिए।वरिष्ठताका आधारमा पौडेल दोस्रो, गौतम तेस्रोमा थिए।
अर्याल आइजिपी नियुक्त भएपछि पौडेल पनि आइजिपी हुन सक्नेछन्। तर गौतम भने बिचैमा अवकाशमा जानेछन्।
वैशाख ५, २०७९ सोमबार ०९:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।