रौतहटमा दुई भारतीय नम्बरको मोटरसाइकल जुध्दा एक जनाको मृत्यु, अर्का फरार

रौतहटः जिल्लाको देवाही गोनाही नगरपालिका- ४ मा गए राति भारतीय नम्बरको दुई वटा मोटरसाइकल एकापसमा ठोकिँदा एक मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा बाराको आर्दश कोतवाल गाउँपालिका- ५ का २२ वर्षीय कमोद यादव रहेका छन्।
गम्भीर घाइते भएका यादवको उपचारको क्रममा गरुडास्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको हो।
गए राति साढे १० बजे भएको दुर्घटना लगतै अर्का मोटरसाइकल चालक भने फरार भएका छन्। उनको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय देवाही गोनाही रौतहटले जनाएको छ।
वैशाख ५, २०७९ सोमबार ०९:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।