पर्सामा कांग्रेस र जसपाबीच मित्रवत् प्रतिस्पर्धा हुने, तालमेल नहुने

पर्सामा कांग्रेस र जसपाबीच मित्रवत् प्रतिस्पर्धा हुने, तालमेल नहुने

पर्साः सत्ता गठबन्धनका दलहरू नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)बीच आउँदो स्थानीय तहको निर्वाचनमा पर्सा जिल्लामा मित्रवत् प्रतिस्पर्धा हुने भएको छ। कांग्रेस जिल्ला सभापति जनार्दनसिंह क्षेत्री र जसपाका जिल्ला अध्यक्ष रामनरेश यादवद्वारा संयुक्तरूपमा जारी विज्ञप्तिमा दुई दलबीच जिल्लामा चुनावी तालमेल नहुने र मित्रवत् प्रतिस्पर्धामा जाने सहमति भएको उल्लेख छ।

अब यी दुई दलबीच तालमेल नहुने भएपछि जिल्लाको वीरगञ्ज महानगरपालिकासहित १४ वटै स्थानीय तहमा जसपा र कांग्रेसले आ–आफ्नो उम्मेदवार उतार्ने छन्।

पर्सा जिल्लामा मधेश प्रदेशको एक मात्र महानगरपालिका वीरगञ्जसहित अन्य तीन वटा नगरपालिका र १० गाउँपालिका छन्।

यता वीरगञ्जका हालका मेयर विजयकुमार सरावगी एमालेमा प्रवेश गरिसकेका कारण एमालेले मेयरमा उनैलाई अघि सार्ने पनि जनाइसकेको छ।

वैशाख ५, २०७९ सोमबार ०८:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।