एमाले सचिवालय बैठक बस्दै: उम्मेदवार र घोषणापत्रबारे छलफल हुने

काठमाडौंः नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ। बैठकमा आसन्न निर्वाचनको तयारीको विषयमा छलफल हुने बताइएको छ।
साँझ ६ बजेका लागि बैठक बोलाइएको छ। आजको बैठकमा निर्वाचन घोषणापत्र र हालसम्म सिफारिस भएका उम्मेदवारहरूको बारे छलफल हुनेछ।
आजै एमालेको केन्द्रीय कमिटी बैठक पनि बस्दैछ। बिहान ११ बजे बैठक बस्न लागेको हो। यसअघि नै एमालेले महानगर र उपमहानगरको मेयर/उपमेयर केन्द्रबाट छनोट गर्ने बताएको छ।
वैशाख ५, २०७९ सोमबार ०७:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।