नेपालको मौसममा पश्चिमी र स्थानीय वायुको प्रभाव, क्षणिक वर्षाको सम्भावना

नेपालको मौसममा पश्चिमी र स्थानीय वायुको प्रभाव, क्षणिक वर्षाको सम्भावना

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले आज देशका एक-दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको जनाएको छ। हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको कारण केही स्थानमा वर्षा हुने भएको हो।

यतिबेला देशका पहाडी भूभागमा आंशिक  बदली रहेको छ। अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ। 

आज दिउँसो देशको पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

आज राति पनि यही मौसम प्रणाली रहनेछ।

वैशाख ५, २०७९ सोमबार ०७:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।