सात महिनापछि अखिल क्रान्तिकारीको पदाधिकारीले पायो पूर्णता

सात महिनापछि अखिल क्रान्तिकारीको पदाधिकारीले पायो पूर्णता

काठमाडौँ : माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले पूर्णता पाएको छ। गत असोजमा अखिल क्रान्तिकारीको अधिवेशन भएको थियो।अधिवेशनले पञ्चा सिंहलाई अध्यक्ष चयन गरेको थियो।

शनिबार र आइतबार बसेको पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, फ्याक्सन इन्चार्ज हितमान शाक्य, अखिल क्रान्तिकारीको केन्द्रीय कमिटी बैठकले पदाधिकारीको टुंगो लगाएको हो। अखिल क्रान्तिकारीको पदाधिकारी ४१ सदस्यीय बनेको छ।

इन्द्र भुसाल,जीपी मैनाली ,तुकमान महरा,मिलन एमसी लक्ष्मी जोशी सहित १९ जना उपाध्य बनेका छन्। महासचिवमा दिपेश पुन चयन भएका छन् भने कोषाध्यक्षमा भुषण शाही चयन भएका छन्।

अखिल क्रान्तिकारीको केन्द्रीय कमिटी यस अघि १सय ९९ सदस्यीय हुने भनिए पनि आजको बैठकले २सय ९९ सदस्सीय हुने निर्णय गरेको छ।

वैशाख ४, २०७९ आइतबार २१:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।