नयाँ वर्षमा हायरको ‘कुलेस्ट अफर’, ग्राहकहरूलाई १५ प्रतिशतसम्मको नगद छुट 

नयाँ वर्षमा हायरको ‘कुलेस्ट अफर’, ग्राहकहरूलाई १५ प्रतिशतसम्मको नगद छुट 

काठमाडौं : हायर इलेक्ट्रोनिकको अधिकृत बिक्रेता नियोटेरिक नेपाल प्रालिले रेफ्रिजेरेटर खरिद गर्ने ग्राहकका लागि नयाँ वर्ष २०७९ को उपलक्ष्यमा ‘कुलेस्ट अफर’ ल्याएको छ। यस योजना अन्तर्गत ग्राहकले हायरको सम्पूर्ण रेफ्रिजेरेटरहरुमा १५ प्रतिशत सम्मको नगद छुट प्राप्त गर्न सक्नेछन्।

विभिन्न कलर तथा डिजाइनहरुले परिस्कृत यस हायरका रेफ्रिजेरेटरहरुमा १० वर्षको वारेण्टी रहेको छ। यसका साथै ग्राहकले हायरको रेफ्रिजेरेटरहरु ० प्रतिशत ब्याजदर सहित महिनावारी किस्तामा समेत खरिद गर्न सक्ने कम्पनीले जनाएको छ। 

कम्पनीले हालसालै आफ्नो साइड बाइ साइड रेफ्रिजरेटरहरू पनि बजारमा भित्राएको छ। फराकिलो तथा कन्भर्टिबल फ्रिज, एक्सपर्ट इन्भर्टर टेक्नोलोजी, डेओ फ्रेश टेक्नोलोजी र म्याजिक कुलिङ्ग जस्ता अन्य विशेषताहरु रहेका यी रेफ्रिजरेटरहरुलाई मनमोहक डिजाइन र लुकले थप आकर्षक बनाएको छ।  

विश्वव्यापी अग्रणी इलेक्ट्रोनिक कम्पनीका रुपमा स्थापित हायरलाई यूरोमोनिटर इन्टरनेशनलले लगातार १२ वर्षसम्म विश्वको नम्बर १ होम एपलाइन्सेस ब्रान्डको रूपमा पहिचान गरेको छ। अद्वितीय डिजाइन र उत्कृष्ट गुणस्तरका लागि चिनिने हायरले इलेक्ट्रोनिक बजारमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ।  

वैशाख ४, २०७९ आइतबार १५:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।