थप १२ जनामा कोरोना संक्रमण पुष्टि

थप १२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। २ हजार ७५० जनाको पीसीआर परीक्षणमा ११ जना र ७३९ जनाको एन्टीजेन परीक्षणमा १ जना गरी १२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आज थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ८२७ पुगेको छ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ३६ जना निको भएका छन्। योसँगै नेपालमा ९ लाख ६६ हजार ३३९ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर ३७५ जना सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमितमध्ये ३६० जना होम आइसोलेसनमा रहेका छन् भने १५ जना संस्थागत आइसोलेसनमा रहेका छन्। ९ जना आईसीयू र १ जना भेन्टिलेटरमा उपचाररत् छन्।

आज नेपालमा कोरोनाबाट मृत्यु भने नभएको मन्त्रालयले जनाएको छ। नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ। 

वैशाख ४, २०७९ आइतबार १५:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।