गठबन्धनको सिट बाँडफाँडको जम्मा कार्यदललाई, आज बैठक

गठबन्धनको सिट बाँडफाँडको जम्मा कार्यदललाई, आज बैठक

काठमाडौं : सत्तारूढ गठबन्धनको शीर्ष बैठकले स्थानीय तह निर्वाचनका लागि सिट बाँडफाँडको जिम्मेवारी कार्यदललाई दिएको छ। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको निर्वाचन तयारी तथा अनुगमन समिति कार्यदलको बैठक आज बस्दैछ। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बिहान बसेको बैठकमा जिल्लाबाट आएका प्रतिवेदनमाथि छलफल गर्ने र टुंगोमा पुग्ने सहमति बनेको हो।

बैठकले भोलिसम्म महानगर/उपमहानगरबारे टुंगो लगाउने, बाँकी सबै प्रदेशमा निर्वाचनको तयारी र गठबन्धनको अवस्थाबारे भोलि नै कार्यदलको रिपोर्ट लिने निर्णय गरेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।

कार्यदलले सिट बाँडफाँडको प्रस्ताव शीर्ष नेताहरूमाझ प्रस्तुत गरेपछि मात्र अन्तिम निर्णय गरिनेछ।

वैशाख ४, २०७९ आइतबार १२:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।