जिप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

जिप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

काठमाडौं : बझाङको सुर्माबाट धनगढीतर्फ गइरहेको सुपप्र०१–००१च ००९५ नम्बरको जिप वित्थडचिर गाउँपालिका–४ देउलेख बजार नजिकै दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन्। 

दुर्घटनामा विनोद बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जयपृथ्वी नगरपालिका–११ का १०१ वर्षीया भुजीदेवी देउरुखी, सुर्मा गाउँपालिका–२ का १९ वर्षीया अन्जु बोहरा र सोही ठाउँकी ४० वर्षीया सिन्की बोहरा घाइते भएका छन्।

घाइतेको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ भने अन्जुको उपचार हुन नसकेपछि धनगढी सिफारिस गरिएको छ। प्रहरीका अनुसार जिपमा तीन महिला र ६ पुरुष सवार थिए।

वैशाख ४, २०७९ आइतबार ११:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।