इटालियन सिरी ए : युभेन्ट्स र बोलोग्नाले बराबरी खेले

काठमाडौं : इटालियन सिरी ए अन्तर्गत शनिबार राति भएको खेलमा युभेन्ट्स र बोलोग्नासँग १-१ को बराबरी खेलेका छन्।
दुई जनाले राती कार्ड खाएर ९ खेलाडीमा सीमित बोलोग्नालाई अन्तिम समयमा एक गोल गर्दै युभेन्ट्स हारबाट जोगिएको थियो।
खेलको ५२औं मिनेटमा मार्को अर्नुटोभिचले गोल गर्दै बोलोग्नालाई अग्रता दिलाए। इन्जुरी समयमा डुसन भ्लाहोभिचले गोल गरेपछि युभेन्ट्सलाई बराबरीमा ल्याए।
खेलको ८४औं मिनेटमा दुई खेलाडीले रातो कार्डको सामना गरेपछि बोलोग्ना ९ खेलाडीमा सीमित भएको थियो।
बराबरी खेलेसँगै युभेन्ट्सले ३३ खेलमा ६३ अंक जोडेर चौथो स्थानमा छ। बोलोग्ना ३८ अंक जोडेर १३औं स्थानमा रहेको छ।
वैशाख ४, २०७९ आइतबार ०८:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।