आज पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली

काठमाडौं : आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार देशको पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
त्यस्तै आज राति देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको महाशाखाले जनाएको छ।
वैशाख ४, २०७९ आइतबार ०८:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।