बैंगलोरको जितमा कार्तिक र म्याक्सवेलको अर्धसतक

काठमाडौं : विकेटकिपर दिनेश कार्तिकको अविजित ६६ र अलराउन्डर ग्लेन म्याक्सवेलको ५५ रनको मद्दले आइपिएलमा रोयल च्यालेन्जर्स बैंगलोरले मुम्बई इन्डियन्सलाई १६ रनले पराजित गरेको छ।
सो जितमा बैंगलोरका लागि जोस हेजलवुडले २८ रन खर्चेर तीन विकेट र मोहम्मद सिराजको दुई विकेटको योगदान समेत सामेल थियो।
बैंगलोरले पहिलो ब्याटिङ गर्दै पाँच विकेटको क्षतिमा १८९ रनको योगफल तयार गरेको थियो। तर दिल्लीले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७३ रन मात्र बनाउन सक्यो।
लक्ष्य पछ्याउँदै दिल्लीका डेविड वार्नरले ३८ बल खेल्दै ६६ रन बनाए भने कप्तान ऋषभ पन्तले ३४ रनको योगदान दिए। पृथ्वी शले भने १३ बल खेल्दै जम्मा १६ रन मात्र बनाएका थिए।
योसँगै बैंगलोरले आफूले खेलको ६ म्याचमा चौथो जित हासिल गरेको छ।
वैशाख ४, २०७९ आइतबार ०७:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।