युद्धमा २० हजार रुसी सेना मारिएको युक्रेनको दाबी

युद्धमा २० हजार रुसी सेना मारिएको युक्रेनको दाबी

एजेन्सी : युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी हमलामा २५ सयदेखि ३ हजार युक्रेनी सेना मारिएको बताएका छन्। २४ फेब्रुवरीदेखि सुरु भएको सो युद्धमा १० हजार युक्रेनी सेना घाइते भएको उनले बताए। 

‘युद्धमा नागरिक हताहतको कुनै गणना छैन’, अमेरिकी समाचार संस्था सीएनएनलाई उनले भने। युद्धमा १९ हजारदेखि २० हजार रुसी सेना मारिएको उनको दाबी छ। मस्कोले गत महिना युद्धमा आफ्ना १३५१ सेना मारिएको र ३ हजार ८२५ जना घाइते भएको जनाएको थियो। 

युद्धमा मारिने र घाइते हुने सेनाको संख्याबारे दुबै पक्षले आ–आफ्नो दाबी गरे पनि त्यसबारे स्वतन्त्र पुष्टि हुन सकेको छैन्। 
 

वैशाख ३, २०७९ शनिबार १५:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।