भोलिसम्म तालमेलको टुंगो लागिसक्ने प्रचण्डको दावी

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोलि आइतबारसम्म गठबन्धनको तर्फबाट चुनावी तालमेलको टुङ्गो लाग्ने बताएका छन्।
चितवन पुगेका प्रचण्डले भरतपुर विमानस्थलमा आज बिहान पत्रकारहरूसँग भने, 'आज साँझसम्ममा तालमेलको खाका तयार हुन्छ।'
गठबन्धनमा कुनै समस्या नभएको दावी गर्दै उनले भने, ‘आजै बेलुकासम्म गठबन्धनका पक्षबाट उम्मेदवार सिफारिस गर्ने भनिएको छ। भोलिसम्ममा टुंगो लागिसक्छ।’
वैशाख ३, २०७९ शनिबार ०९:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।