युक्रेनमा हतियार सप्लाई नगर्न अमेरिकालाई रुसको चेतावनी

काठमाडौं : रुसले युक्रेनमा हतियार सप्लाई नगर्न अमेरिका तथा युक्रेनका अन्य सहयोगी देशलाई चेतावनी दिएको छ। मस्कोले अमेरिकालाई एक पत्र पठाउँदै यस्तो चेतावनी दिएको हो।
वासिंगटनस्थित अमेरिकी विदेश मन्त्रालयमा रुसी दूतावासबाट पठाइएको सो पत्रमा अमेरिका तथा नेटोले हतियार पठाएर युक्रेन संघर्षमा 'आगोमा घिउ थपेको' उल्लेख गरिएको छ। साथै पत्रमा यसले 'अप्रत्यासित परिणाम' निस्कने उल्लेख गरिएको बिबिसीले जनाएको छ।
गत मंगलबार मात्र अमेरिकी सेनाले युक्रेनलाई नयाँ सहयोग प्याकेज पठाउन लागेको समाचार बाहिर आएको थियो। अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई ८० करोड डलरको सैन्य मद्दतको अनुमति दिएका थिए।
वैशाख ३, २०७९ शनिबार ०८:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।