इन्टर मिलानद्वारा स्पेजिया ३-१ गोल अन्तरले पराजित

काठमाडौं : इटालियन सिरी ‘ए’ फुटबलमा इन्टर मिलानले स्पेजियालाई ३-१ गोल अन्तरले पराजित गरेको छ। इन्टरले शुक्रबार राति उसकै घरेलु मैदानमा स्पेजियालाई पराजित गरेको हो।
इन्टरको जितमा मार्सेलो ब्रोजिभिक, लाउटरो मार्टिनेज र एलेक्सिस सान्चेजले एक/एक गोल गरेका थिए।
खेलको ३०औं मिनेटमा मार्सेलो ब्रोजिभिकले गोलको मद्दतले इन्टरले अग्रता लियो। ७८औं मिनेटमा मार्टिनेजले गोल गर्दै अग्रता दोब्बर बनाए।
८७औं मिनेटमा मागोइरेले गोल गर्दै स्पेजियालाई २-१ को स्थितिमा त ल्याए। तर खेलको इन्जुरी समयमा एलेक्सिस सान्चेजले गोल गर्दै इन्टरको विजय सुनिश्चत गरे।
यो जितसँगै इन्टर मिलानले ३२ खेलमा ६९ अंक जोडेर लिगको दोस्रो स्थानमा छ भने स्पेजिया ३३ अंकका साथ १५औं स्थानमा छ।
वैशाख ३, २०७९ शनिबार ०८:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।