आइपिएल : हैदराबादले कोलकातालाई सात विकेटले हरायो

काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदराबादले कोलकाता नाइट राइडर्सलाई सात विकेटले पराजित गरेको छ।
हैदराबादको जितका लागि राहुल त्रिपाठी र एडेन माक्ररमले उत्कृष्ट ब्याटिङ गरेका थिए।
गए राति मुम्बईमा भएको खेलमा कोलकाताले दिएको १ सय ७६ रनको लक्ष्य हैदराबादले १७.५ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गरेको थियो।
राहुल त्रिपाठीले ३७ बलमा ७१ रन बनाए भने माक्ररमले ६८ रनको उत्कृष्ट पारी खेले।
टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७५ रन बनाएको थियो। कोलकाताका लागि नितिश रानाले सर्वाधिक ५४ रन बनाए भने आन्द्रे रसेलले ४९ रन बनाएका थिए।
हैदराबादका लागि टी नटराजनले ३ विकेट लिए भने उमरन मलिकले २ विकेट हात पारेका थिए।
योसँगै हैदराबाद ५ खेलमा ३ मा जित र २ मा हार सहित सातौं स्थानमा उक्लिएको छ।
जारी लिगमा गुजरात ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अंक जोडेर शीर्ष स्थानमा छ।
शनिबार मुम्बई इन्डियन्स विरुद्ध लखनऊ सुपर जायन्ट्स र दिल्ली विरुद्ध बेंगलोरबीच खेल हुनेछन्।
वैशाख ३, २०७९ शनिबार ०७:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।