कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज, उम्मेदवार टुंगो लगाउने विषयमा छलफल

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज, उम्मेदवार टुंगो लगाउने विषयमा छलफल

काठमाडौं : स्थानीय निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाका उम्मेदवार टुंग्याउन नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ।

दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका सबै पदाधिकारी र सदस्यलाई बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिमा सभापति, पदाधिकारी र शीर्ष नेताहरू सम्मिलित रहन्छन्। 

कांग्रेस स्थानीय निर्वाचनमा पाँच दलीय गठबन्धनसँग सहकार्य गर्ने तयारीमा छ। तर गठबन्धनबाट कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा टुंगो लाग्न सकेको छैन।

वैशाख ३, २०७९ शनिबार ०७:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।