दोस्रो आरडब्लु समर स्लाममा नुवाकोटे टाइगरलाई हेभिवेट च्याम्पियनको उपाधि
काठमाडौं : नेपाल रेस्लिङ संघ नुवाकोट शाखाको आयोजनामा नुवाकोटको दुप्चेश्वरमा सम्पन्न दोस्रो आरडब्लु समर स्लामको हेभिवेट च्याम्पियनको उपाधि नुवाकोटे टाइगरले जितेका छन्।
डेभिडलाई पराजित गर्दै उनी च्याम्पयिन बनेका हुन्। डेभिड यसअघि बसन्तपुरमा भएको पहिलो हेरिटेज रिङ रेस्लिङमा हेभिवेट च्याम्पियन बनेका थिए।
त्रिपल थ्रेटतर्फ साइन, चट्टान र किङ रोबर्र्टबीचको खेलमा साइन च्याम्पियन बने। उनी पनि नुवाकोटका नै हुन्। महिलातर्फको उपाधि तनुले जितिन्। उनले आकृतिलाई पराजित गरिन्। ट््याग टिम म्याचमा सिजे वल्र्ड र योङ स्याडीलाई स्पाइडर म्यान र बाकाको जोडीले पराजित गरेका थिए।
प्रतियोगिताका विजयी खेलाडीहरुलाई नेपाल रिङ रेस्लिङ संघका केन्द्रीय महासचिव सुवर्ण श्रेष्ठ, दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङ, शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापा, नेपाली कांग्रेस प्रदेश सभापति सुशील खड्का लगायतले नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए।
वैशाख ३, २०७९ शनिबार ०७:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।