नेपालले 'जिम्बावे ए' सँग एक दिवसीय र टि ट्वान्टी सिरिज खेल्ने

काठमाडौँ : नेपाल क्रिकेट सङ्घ (क्यान)ले ‘जिम्बावे ए’सँग हुने तीन एक दिवसीय र तीन टि ट्वान्टी सिरिजको खेल तालिका आज सार्वजनिक गरेको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा आयोजना हुने उक्त सिरिजको खेल तालिका अनुसार नेपालले 'जिम्बावे ए'सँग पहिलो एक दिवसीय खेल यही वैशाख १७ गते खेल्नेछ। त्यस्तै नेपालले आफ्नो दोस्रो खेल वैशाख १९ र तेस्रो एक दिवसीय खेल वैशाख २१ गते खेल्नेछ।
तीन एक दिवसीय खेलिसकेपछि नेपालले फेरि 'जिम्बावे ए' सँग नै तीन टि ट्वान्टी खेल खेल्नेछ। नेपालले जिम्बावे एसँग पहिलो खेल वैशाख २३, दोस्रो खेल वैशाख २४ र तेस्रो तथा अन्तिम खेल वैशाख २६ गते खेल्नेछ।
नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत आगामी जुनमा अमेरिका र ओमानसँग हुने त्रिकोणात्मक एक दिवसीय सिरिज खेल्नेछ। त्यसैको तयारी स्वरूप नेपालले अफ्रिकी राष्ट्र 'जिम्बावे ए' टोलीसँग खेल्न लागेको हो।
वैशाख २, २०७९ शुक्रबार १८:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।