के भविष्यमा ड्रोनबाट हुन सक्छ युद्ध ?
एजेन्सी : यस वर्षको फेब्रवरीमा रुसी सेनाका टोली युक्रेन राजधानीमा कब्जा गर्न अगाडी बढी रहेको थियो भने कीभ पनि हमलाको सामना गर्न तयारी तयारी अवस्थामा थियो। रक्षाको मामिलामा रुसी सेना यूक्रेनी सेना भन्दा धेरै बलियो भए पनि केहि हप्तामै उनीहरु धेरै अघि बढ्न सकेनन्। रूस–युक्रेन युद्धमा रुसलाई अगाडी बढ्न नदिन यूक्रेनले शक्तिशाली ड्रोनहरु प्रयोग गरेको र यो धेरै हद सम्म सफल भएको पनि भन्न सकिन्छ।
रुसी सैनिकहरू जाडोको बेला धेरै समय गाडीमै बस्न बाध्य थिए। आफूलाई न्यानो बनाउन गाडीको ट्यांकी र ईन्जिन चलाई राख्नु परेको थियो। गाडीको इन्जिनबाट निस्किएको तापहरूबाट उनीहरूको ठाउँ पत्ता लगाउँदै यूक्रेनले ड्रोनहरु मार्फत आक्रमण गरे। युद्धको मैदानमा ड्रोन प्रयोगमा व्यापकता आउनुले के आगामी युद्धहरू ड्रोनबाटै गर्न सकिन्छ? भन्ने प्रश्नहरू उठेका छन्।
ड्रोनको इतिहास
ब्रिटेनको लब्रो विश्वविद्यालयको युद्ध अध्ययनको प्रोफेसर केरोलाइन केनेडी–पाइपका अनुसार प्रथम विश्व युद्ध पछि दुश्मन भन्दा अगाडी रहनको लागि मानवरहित विमान बनाउनको लागि कोसिस गरिएको थियो। जसबाट २ वटा वस्तुहरू सिर्जना भयो। पहिलो: मिसाइलहरू, जुन एउटा दिशाबाट अर्को दिशामा गएर आफूसँग सो क्षेत्रलाई नष्ट पार्नु। दोस्रो: त्यस्तो सवारीसाधन, जुन बारम्बार प्रयोग गर्न मिल्ने र आवश्यक सामानहरूसँगै गोप्य सूचनाहरू राखेर अर्को ठाउँ सम्म पुर्याउन सकिने।
केरोलाइन भन्छिन्, 'प्रथम विश्व युद्धको सामना गरिसकेको पश्चिमी देशहरू खाल्डो भित्र लुकेर युद्ध गर्ने रणनीतिको विकल्प चाहन्थे। उनीहरु पारम्परिक युद्धबाट आफ्नो सैनिकहरूलाई पनि बचाउने र दुश्मनमाथि लगातार हमला गरेर उनीहरूको मनोबल पनि तोड्न चाहन्थे। जसको लागि उनीहरुलाई यस्तो खालको विमान चाहिएको थियो जुन दुश्मनको इलाकामा जमिन मुनिबाट नभई माथि बाट जान सक्छ।'
लण्डनमा जन्मिएका वैज्ञानिक आर्चीबाल्ड लो आफ्नै इच्छाबाट सेनामा भर्ती भए र रोयल उडान कोरमा गर्न थाले। उनलाई फादर अफ रेडियो गाइडेंस सिस्टम पनि भनिन्छ। विमानहरूलाई मिसाइलको रूपमा प्रयोग गर्नको लागि उनी टाढाबाट कन्ट्रोल गर्न सकिने विमानको विभिन्न तरिकाहरुमा काम गरिरहेका थिए। सन् १९१७ मा उनले मानवरहित विमानको पहिलो परीक्षण गरे तर त्यो सफल हुन सकेन।
अमेरिकी सेनाले १९१८ मा वैज्ञानिक चार्ल्स एफ. केटरिंगलाई बिना पाइलट उड्ने बम बनाउन अनुरोध गरे। उनीहरूले त्यस बमलाई केटरिंग बम भनेर पनि नामकरण गरे। कुनै एउटा पारम्परिक एयरक्राफ्ट जस्तै देखिने बम ३ दशमल ८ मिटर लामो र ४ दशमलव ५ मिटर चौडाई भएको विमान थियो। जसको उद्देश्य ४० माईल टाढा पुर्याउनु थियो। त्यसलाई अर्तहिन गाडी पनि भनिन्थ्यो। पछि १९४४ मा हतियारको रूपमा विमानहरूको प्रयोग व्यापक हुन थाल्यो।
केरोलाइनका अनुसार, 'अमेरिका नाजी जर्मनीहरुको हतियार ठेगाना समाप्त गर्नको लागि मानवरहित विमान बनाउँदै थिए। सो ठाउँ अहिले फ्रान्समा अवस्थित छ। एउटा अभियान अन्तर्गत विमानहरू खाली गरेर विस्फोटक पदार्थ भरियो। तर वास्तवमा यो एउटा मानव रहित विमान थिएन। किन भने यसको पाइलट र इन्जिनियरहरु विमानलाई आफ्नो लक्ष भन्दा करिब दुई हजार फीटको उचाइमा लान्थे र विस्फोट गराउनको लागि सबै तयारि गरेर उनीहरु विमानबाट टाढा जान्थे।'
यस्तो अभियानमा अमेरिकामा पाइलट समेत रहेका राष्ट्रपति जोन एफ. केनेडीका भाई जोसेफ पी केनेडीको मृत्यु भयो। समय भन्दा अगाडी नै विस्फोट भएका कारण विमानका सबै चालकदलको मृत्यु भएको थियो। त्यस पछि पनि त्यस्तै केहि दुर्घटनाहरू घटे पछि यस्तो अभियानमा रोक लगाइयो।
वर्षौ पछि भियतनाम युद्धमा गोप्य सूचना जान्नको लागि र प्रोपोगान्डाको लागि यस्तै मानवरहित मेसिनहरु प्रयोग गर्न थालियो। केरोलाइन भन्छिन्, 'निगरानी गर्न र विमान बाट पर्चाहरु फ्याक्न सँगै अन्य धेरै कामका लागि यसको प्रयोग गरियो। त्यस समय भियतनाममा युद्ध चलिरहेको थियो। उत्तर तर्फ सर्वसाधारणहरूको मनोबल घटाउन कोसिस भइरहेको थियो भने सो मेसिनहरू सूचना जम्मा गर्नको लागि प्रयोग भइरहेको थियो।'
समय सँगै टेक्निक पनि राम्रो हुँदै गयो र यिनीहरूको क्षमता पनि बढ्यो। उनी भन्छिन्, ’१९९० को खाडी युद्ध र कोसोवो अभियानको बेला पहिलाको युद्ध भन्दा एकदमै फरक अवस्था थियो। त्यस पछि प्रयोग भएका विमानहरू तुलनात्मक रूपमा केहि सुरक्षित भएको पनि बताइन्छ। यिनीहरूको प्रयोग कुनै लक्षित स्थान र दुश्मनहरुलाई तहसनहस पार्नको लागि गरिन थालियो। यसको असर स्वरूप खाडी युद्धमा अमेरिकी नेतृत्वको गठबन्धन सेनाहरूलाई काम नोक्सान भएको पनि बताइन्छ।'
अमेरिकामा ९–११ को घटना, इराक अफगानिस्तान युद्धको समयमा यस्ता मानवरहित विमानहरूको प्रयोग सामान्य हुँदै गयो। जसले समयको सही जानकारी दिनु सँगै मिसाइल हमलामा पनि सक्षमता देखाउन थाले। यसबाट अमेरिकामा बसेर अफगानिस्तानको दुर्गम ठाउँहरूको जानकारी लिन पनि सहज भएको थियो।
एक रिपोर्ट अनुसार आफ्नो कार्यकालमा अमेरिकी राष्ट्रपतिहरू जर्ज डब्लू बुसले करिब ५०, बाराक ओबामाले १८ सय भन्दा धेरै र डोनाल्ड ट्रंपले २२ सय भन्दा ड्रोन हमलाको आदेश दिएका थिए।
केरोलाइन भन्छिन्, 'ड्रोनको प्रयोग बढ्न थाल्यो। आफ्नो टार्गेटमा हमला गर्नको लागि यसको मदत लिन थालियो। तर यसको लागि सही जानकारीको जरुरत पर्छ। नत्र भने यसको जोखिम पनि उत्तिनै मात्रामा छ। अमेरिकी सेना सँगै अमेरिकी खुफिया एजेन्सी सीआईएले ड्रोन चलाउन थालेको छ।'
युक्रेनको होशियारी
रुसलाई पुरा भरोसा थियो कि युद्धको समयमा युक्रेनको हवाई स्थानमा नियन्त्रक हुन सक्छ। तर यूक्रेनले ड्रोनको प्रयोग गरिरहेको कारण रुसले हवाई स्थान नियन्त्रण गर्न सकेन। रुसी सेनाको विरुद्ध युक्रेन भिन्न भिन्न तरिकाबाट ड्रोन चलाई रहेको वरिष्ठ पत्रकार तथा लेखक डेविड हैम्बलिंग बताउँछन्। उनी भन्छन्, 'रुसको मिसाइल नष्ट गर्नका लागि यूक्रेनले ड्रोन प्रयोग गरिरहेका थिए। इन्फ्रारेड क्यामेरा वाला ड्रोनहरुले उनीहरूको मिसाइल राख्ने ट्यांकीको ताप पत्ता लगाउँथ्यो। युद्ध जाडोको बेला सुरु भएको कारण उनीहरु न्यानोको लागि ट्यांकीको ईन्जिन खुला राख्थे र सोही समयमा उनीहरूको स्थानमा विस्फोट गरिन्थ्यो।'
बम फ्याक्नको लागि पनि यूक्रेनी सेनाहरूले ड्रोनको प्रयोग गरिरहेका छन्। डेविडका अनुसार उनीहरु संग सोभियतको समय देखि एन्टी ट्यांकी ग्रेनेडको सामानहरु छन्। सो सामान एकदमै भारी भएको कारण त्यो धेरै पर सम्म जान सक्दैन र त्यसलाई फ्याक्न सैनिकहरूका लागि एकदमै जोखिमपूर्ण हुन सक्छ। तर, उनीहरूले थ्रीडी प्रिनटिंगको सहायताले यसमा केहि बदलाव गरेर ड्रोन मार्फत त्यो सब रुसी सेनाहरूलाई हमला गरिरहेका छन्।
त्यस्तै युक्रेन सँग टर्कीमा बनाइएको बैराक्तर ड्रोन पनि छ। झासले एकदमै ठुलो घात पुर्याउनको लागि सक्षम छ। डेविडका अनुसार, 'यो १६ घण्टा सम्म आकाशमा रहन सक्छ र घुमी घुमी आफ्नो लक्षको खोज गर्न सक्छ। यसले एक पटकमा ४ वटा लेजर गाइदेद मिलाइल बोक्न सक्छ र सोचेको भन्दा बढी क्षति पुर्याउन सक्छ। यूक्रेनसँग अमेरिकाको स्विचब्लेड ड्रोन पनि छ। जुन यति धेरै तिखो छ त्यसले कुनै एक व्यक्तिलाई निशाना बनाउन पनि सक्छ। यसले एकै चोटि २ वटा लक्षमा पनि निशाना लगाउन सक्छ । यो १५ मिनेटसम्म हावामा बसेर टार्गेट खोज्न सक्षम छ। अपरेटरको जानकारी पछि यसले आफ्नो टार्गेट बस्तुलाई नष्ट पारिदिन्छ।'
ड्रोनको प्रयोग गर्दै आफ्नो सक्षमतालाई देखाएर यूक्रेनी सेनाहरूले आफू भन्दा कैयौँ गुणा ठुलो रुसी सेनालाई उनीहरूले सक्ने भन्दा धेरै हमला गर्न रोकेका छन्। रुसी सेनाहरू अहिले सम्म यूक्रेनी हमलाको जवाफमा भने सुस्त नै देखिएको डेविडको भनाइ छ।
ड्रोन रणनीति
लन्डन स्कुल अफ इकोनोमिक्समा युद्ध अध्ययनका एसिस्टेन्ट प्रोफेसर डा. जेम्स रेजर्सका अनुसार युक्रेनमा आफ्नो रुचिका लागि ड्रोन उडाउने र यसका व्यापारीहरूले ड्रोन सबै सेनालाई दान दिएका छन्। युद्धमा यसको प्रयोग नभए पनि निगरानी राख्नको लागि यसले धेरै हद सम्म सहयोग गरेको छ।
उनी भन्छन्, 'युक्रेन अमेरिकाको टेक्सास राज्य जत्तिकै ठुलो छ र यति ठुलो इलाकामा आफ्नो सेनालाई वायु रक्षा दिन कसैको लागि पनि सजिलो छैन। युक्रेन आफ्नो हमलाको असर ठुलो बनाउन कोसिस गरिरहेका छन्। जसले गर्दा आफ्नो सेनाको मनोबल उच्च राख्न मद्दत गर्छ। अहिले सम्म यूक्रेनी सेना सहरको वरिपरि ड्रोन प्रयोग गरिरहेका छन् तर आगामी दिनमा यसको प्रयोग झन् व्यापक हुने विश्लेषण भइरहेका छन्।'
धेरै सेनाहरू मात्र नभएर इस्लामिक राज्यहरूको जस्तो कथित चरमपन्थी गुटले पनि रणनीतिक रूपमा ड्रोनको प्रयोग गर्न थालेको रेजर्सले बताएका छन्। उनी भन्छन्, 'गठबन्धन देशको सेनाहरूलाई हमला गर्नको लागि ड्रोनको प्रयोग भएको हामीले देखेका नै छौँ। जसमा सेनाहरूलाई पछि हटाउनका लागि पहिला ड्रोनलाई अगाडीबाट पठाउँछन्। अनि फेरी ड्रोनलाई पछाडीबाट पनि पठाउँछन् जसले गर्दा सेनाहरू बीचमा पर्ने गर्छन्।'
तर प्रश्न यो हो कि ड्रोन प्रयोगले भविष्यको सङ्घर्षमा कस्तो कस्तो असर गर्छ। अहिले सम्म हामीले युक्रेनमा झुण्ड जस्तो रणनीति देखेका छैनौँ। तर यस्तो हुँदैन भन्न पनि सकिँदैन। यस सन्दर्भमा रेजर्स भन्छन्, 'झुण्डमा धेरै प्रकारका हजारौँ ड्रोन र मिसाइल एक एकै पटकमा दुश्मन पट्टि पठाउँछन्। जसले दुश्मन सेनाको रणनीति र उनीहरूको हवाई रक्षामा एकदमै चुनौतीपूर्ण हुन सक्छ। यिनीहरु मध्ये कुनैलाई खसाईहाले पनि बाँकी भने अरुवा गैरे छाड्छ। यो निश्चित छ की भविष्यमा हुने युद्धहरूमा यस्ता रणनीतिहरू देख्न सक्छौ।'
रुस युक्रेन युद्धमा दुश्मनको ठेगाना पत्ता लगाउने देखि लिएर आक्रमण गर्न समेत ड्रोनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ। यो शताब्दीमा शायद यो नै पहिलो पटक हुनुपर्छ जसमा युद्धको समय ड्रोन शातिर खेलाडी साबित भएको छ। एआईले भने यसको प्रयोगमा केहि बदलाव ल्याउन सक्ने बताइन्छ। उनका अनुसार भविष्यमा हरेक युद्धमा ड्रोन पनि सामेल हुन्छ तर यसको मतलबमा मेसिनबाट मात्र युद्ध हुने भने चाहिँ हुँदैन।
वैशाख २, २०७९ शुक्रबार १८:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।